उद्योगीबीच संस्थागत ऐक्यवद्धता अनुरोध

उद्योगीबीच संस्थागत ऐक्यवद्धता अनुरोध

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो ।

संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि बढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको बताउँदै समस्या समाधानका लागि संस्थागत ऐक्वद्धतता लागि आग्रह गरेका थिए । अध्यक्ष सुरानाले सरकार र नीजि क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गतिलिने भएकाले दुवै निकाय वीच सकारात्मक सम्वन्ध विकास गर्न नीजि क्ष्ँेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले मौजूदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसंग सम्वन्धित व्यवसायीक संस्थाहरुको एकजुट हुनुपर्ने आवश्यकता औल्याएका थिए ।
विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको वताए । उनले समस्यै समस्याको भुमरीमा जेलिएका व्यवसायीक क्षेत्रवीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्