ब्राउन सुगरसहित विराटनगरका तीनजना युवा पक्राउ, कारोबारमा संलग्न आरोप

<span class='c1'>ब्राउन सुगरसहित विराटनगरका तीनजना युवा</span> <span class='c2'>पक्राउ, कारोबारमा संलग्न आरोप</span>

विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् ।

कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

पक्राउ परेकाको साथबाट १४.४० ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी दाहालले दिए । प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला उनीहरुलाई पक्राउ गरिएको थियो।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्