प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न

<span class='c1'>प्रस्तावना लेखन सम्बन्धि</span> <span class='c2'>कार्यशाला सम्पन्न</span>

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक दिने प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ।

आइतबार युनाइटेड सोसाइटी अफ इनोभेटिभ साइन्स नेपालको आयोजनामा एक दिने प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न भएको हो।

उक्त कार्यक्रम प्रशिक्षण डा.सतिश कुमार यादव,कुलबहादुर लिम्बू र पवन साहले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामअवतार शरण,विशिष्ट अतिथि नेपाल केमिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष प्रा.डा. अजय भट्टराई,नेपाल फिजिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष प्रा डा देवेन्द्र अधिकारी,महेन्द्र मोरङ क्याम्पसका वनस्पति शास्त्रका विभागीय प्रमुख प्रा तिलक गौतम लगायतको सहभागिता रहेको थियो।

यस्ता किसिमको कार्यक्रमले विद्यार्थीहरुको ध्यान अनुसन्धानतर्फ केन्द्रित हुने र देश विदेशबाट ग्रान्ट ल्याउन सफल बनाउन सकिने नेपाल केमिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष प्रा डा अजय भट्टराईले बताए।

नेपाल केमिकल सोसाइटी कोशी प्रदेश र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहयोगमा आयोजना भएको कार्यक्रममा ८० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्