म आएको भोलीपल्ट नै सादा पोसाकका प्रहरी हटाए : मोरङ एसपी

म आएको भोलीपल्ट नै सादा पोसाकका प्रहरी हटाए : मोरङ एसपी

विराटनगर । मोरङ प्रहरीले अपराध अनुसन्धान तथा विशेष सुराकीको लागि जिल्लामा खटाउदै आएका सादा पोसाकका प्रहरीलाई हटाएको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जिल्लामा सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् ।

विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँगको परिचायत्मक कार्यक्रममा एसपी कार्कीले आफु मोरङ जिल्लामा आएको भोलीपल्ट देखिनै हटाएको बताएका छन् ।
सादा पोसाक तथा घुमुवा प्रहरीको परिभाषा नै परिवर्तन भईसकेको र सादा पोसाकका प्रहरीले गर्ने काम कर्तव्य नै बिर्सिसकेकाले प्रहरीभित्र पनि एकरुपता ल्याउनको लागि तत्काललको लागी हटाएको कार्कीले उल्लेख गरे ।


गत फागुन ७ गतेदेखि मोरङ प्रहरीको नेतृत्व सम्हालेका एसपी कार्कीले अहिले कुनै आवश्यक परेको छैन,’ जो सादा पोसाकमा खटिएका थिए उनीहरुलाई दरबन्दी भएको जिल्लामा पठाईसकेको छु , ‘तत्काल आवश्यक परेको बेला भने खटाउछु ।’गोप्य सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले ५ जना सादा पोशाकका प्रहरी खटाएका थिए । त्यो बेला सादा पोशाकका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवल्दार सुदर्शन कालाखेती, प्रहरी जवानहरु चुडामणी सुयल, अमृत श्रेष्ठ र काचुम भोटे रहेका थिए ।

उनीहरू काजमा मोरङमा बसेका थिए । सादा पोशाकमा खटिएका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा एसपी कार्कीले पठाएका छन् । वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हवल्दार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङमा, प्रहरी जवानहरु अमृतको तेह्रथुममा, भोटेको ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयमा फिर्ता भएको हो । उनीहरुले गत मंगलबार रमना बुझेर दरबन्दी भएको ठाउँमा खटिएका छन् । यसअघि सादा पोशाकमा रहेका प्रहरी सहायक हवल्दार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा छन् ।


एसपी कार्कीले चाँडै कार्ययोजना बनाएर शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रणमा काम गर्ने बताए । आफू मोरङ आएलगत्तै एक हप्तामा २ लाख रुपैयाँभन्दा बढीको भन्सार छलेको सामान बरामद गरेको एसपी कार्कीले दावी गरेका छन् । जिल्ला प्रहरी र मातहतको इलाकाबाट सेवाग्राहीलाई सेवा प्रवाह चुस्त र दुरुस्त बनाएर लैजाने उनले बताए ।

एसपी कार्कीले पत्रकार सम्मेलन भने, पत्रकारहरु पनि एक किसिमका सिसि क्यामारा नै हुन् , प्रहरीले गरेका राम्रा— नराम्रा कुराहरु अगाडी ल्याईदिने काम गर्नुभएको छ । ‘म फेरी पनि भन्छु प्रहरीले कही कतै गलत हुने किसिमका गतिविधी गरेको देख्नुभयो भने, तत्काल खबर गरिदिनुहोस । म तत्काल कारबाही गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्