रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–५ .०” आयोजना गर्दै

रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–५ .०” आयोजना गर्दै

विराटनगर । विराटनगरमा “साइक्लोथोन–५.०” साइकल प्रतियोगिताको हुने भएको छ ।

फागुन १९ गते विराटनगरमा रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी सनराइज बैंकको संयुक्त आयोजनामा साइकल प्रतियोगिता हुने भएको हो।

विराटनगरको आदर्श माविबाट बिहान ६ बजे प्रतियोगिता सुरु हुनेछ । १८ किलोमिटरको दुरी पार गर्दै पुन: आदर्श माविमा आएर समापन हुनेछ । प्रतियोगितामा १४ बर्ष माथिका महिला पुरुष दुबैले सहभागिता जनाउन सक्नेछन् ।

सामाजिक सेवामा योगदान गर्दै आइरहेको यस क्लबले प्रतियोगिताबाट प्राप्त रकम विराटनगरको एक विद्यालयलाई सहयोग गर्ने रोटरी क्लब अफ विराटनगर फ्यूजनले जनाएको छ।

प्रतियोगितालाई ४ भागमा विभाजन गरिएको छ। पुरस्कार राशी पनि फरक फरक रहेको छ। जसअन्तर्गत इलाइट खुल्लातर्फ प्रथम विजेताले ४० हजार,द्वितिय विजेताले २५ हजार र तृतीय विजेताले १५ हजार नगद राशि प्राप्त गर्नेछन् । त्यसैगरी पुरुषतर्फ प्रथम विजेताले २० हजार,द्वितिय विजेताले १५ हजार र तृतीय विजेताले १० हजार नगद राशि प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम विजेताले २० हजार,द्वितिय विजेताले १५ हजार र तृतीय विजेताले १० हजार नगद राशि प्राप्त गर्नेछन् । यस्तै नन गियर साइकलतर्फ प्रथम विजेताले १५ हजार,द्वितिय विजेताले १० हजार र तृतीय विजेताले ५ हजार नगद राशि र मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्