विराटनगरकी न्यान्सी विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै

<span class='c1'>विराटनगरकी न्यान्सी विराज भट्टको ‘१२</span> <span class='c2'>गाउँ’बाट फिल्ममा डेब्यु गर्दै</span>

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ ।

निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्टले खोजेकै मात्र न्यान्सीमा पायौं । उहाँलाई प्रस्ताव गरेपछि फिल्ममा काम गर्न सहमत हुनुभयो’, विराजले भने । विराटनगर घर भएकी न्यान्सी गायक सुमित खड्काकी छोरी हुन् । उनी व्यावसायिक मोडल पनि हुन् । न्यान्सीले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।

मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय न्यान्सीले केही समय अघि जापानमा भएको ‘मिस इन्टरनेसनल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
विराजले ‘१२ गाउँ’ बाट छोरा समीर भट्टलाई पनि डेब्यू गराउँदैछन् । आगामी चैत १५ गतेबाट छायांकनमा जाने फिल्मको हाल प्रिप्रोडक्सनको काम भइरहेको छ ।
सन्तोष सरकारको कथा तथा पटकथा रहने फिल्ममा विराज नै प्रमुख भूमिकामा देखिनेछन् । फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्मस् प्रोडक्सनबाट निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्