मोरङ क्याम्पसको व्यवस्थापन संकायको निर्देशकमा डा.सुवेदी नियुक्त

मोरङ क्याम्पसको व्यवस्थापन संकायको निर्देशकमा डा.सुवेदी नियुक्त

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशकका डा.मोहन सुवेदी नियुक्त हुनु भएको छ । मोरङ क्याम्पस व्यवस्थापन कार्यसमितिले सुवेदीलाई व्यवस्थापन संकायतर्फको निर्देशकमा नियुक्त गरेको हो । बीबीए कार्यक्रमको निर्देशक रहनु भएका सुवेदीलाई व्यवस्थापन संकायको जिम्मेवारी दिइएको छ ।

सुवेदीलाई संकायको निर्देशकको जिम्मेवारी दिएपछि बीबीए कार्यक्रमको उपनिर्देशकको जिम्मेवारी डा.शिवचन्द्र चौधरीलाई दिइएको छ । यसैगरी बीबीएमको उपनिर्देशकमा इन्द्रनारायण देवलाई नियुक्त गरिएको छ ।

विशेष शैक्षिक कार्यक्रम निर्देशिका अनुसार मोरङ क्याम्पसमा सेमेस्टर प्रणालीका पाँच शैक्षिक कार्यक्रम सञ्चालन छन् । साविक शैक्षिक कार्यक्रमहरुको विभागिय प्रमुखहरुको जिम्मेवारी क्याम्पस प्रमुखले तोक्न पाउने प्रावधान छ । विशेष शैक्षिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रमका निर्देशकहरुको जिम्मेवारी क्याम्पस व्यवस्थापन कार्यसमितिले तोक्छ । क्याम्पस कार्यसमितिमा पाँच सदस्यीय पदाधिकारी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्