विराटनगर । विराटनगर महानगरपालिकाले पाँच स्थानमा ट्राफिक लाइट जडान गर्नका लागि बोलपत्र आह्वान गरेको छ । मंगलबार प्रकाशित सूचना अनुसार झण्डै ८० लाख हाराहारी खर्चमा महानगरपालिका क्षेत्रका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने भएको हो ।
इबिडिङमार्फत ईच्छुक कम्पनीले प्रस्ताव पेश गरेपछि त्यससँग सम्बन्धित प्रक्रिया बढाउने तयारी गरिएको छ । महानगरपालिकाले यस अगाडी समेत ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडी बढाएको थियो ।
कोटेसनमार्फत जलजला चौकमा ट्राफिक लाइट जडानको जिम्मेवारी विकास कार्की भन्ने व्यक्तिलाई दिइएको थियो । तर, काम अगाडी बढाउनु पर्ने व्यक्ति सम्पर्कविहीन बनेपछि बोलपत्र आह्वान गरिएको छ । महानगरपालिकाले कोशी राजमार्गका तीन स्थानमा र भित्री बजारका दुई स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको छ ।