विराटनगरमा आगामी १९ गते तीनसय प्रतिस्पर्धीबीच १९ किलोमिटर दुरीमा साइक्लोथन

<span class='c1'>विराटनगरमा आगामी १९ गते तीनसय</span> <span class='c2'>प्रतिस्पर्धीबीच १९ किलोमिटर दुरीमा साइक्लोथन</span>

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी फागुन १९ गते शनिबार ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नारासहित पाँचौं साइक्लोथन प्रतियोगितामा तीनसय सहभागिले १९ किलोमिटर दुरीमा साइकल रेस गर्ने भएका हुन् ।
रोटरी क्लव अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठीका अनुसार खुल्ला ‘इलाइट’, गियर पुरुष÷महिला। नन–गियर र बालबालिका खुल्लाका लागि प्रतियोगिता हुने भएको हो । यो वर्षदेखि समावेश गरिएको बालबालिकाका साइक्लोथनमा ५० जनालाई सहभागि गराएर चार किलोमिटर दुरीमा प्रतिस्प्रर्धा गराउन लागिएको हो ।

सहभागिमध्ये इलाइट खुल्लामा दुई हजार रुपैँया दर्ता शुल्क तोकिएको छ । यसमा ३५ जना प्रतिस्प्रर्धीलाई सहभागि गराउने योजना राखिएको छ । जसमा प्रथम हुनेलाई ४० हजार, द्धितियलाई २५ हजार र तृतियलाई १५ हजार नगद राशीको पुरस्कार प्रदान गरिने छ । यसैगरी गियरवाला साइकलमा पुरुष÷महिलातर्फ एक हजार दर्ता शुल्क तोकिएको छ । प्रथमले २० हजार, द्धितियले १५ हजार र तृतियले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । नन–गियरतर्फ पाँचसय दर्ता शुल्क तोकिएको छ । जसमा प्रथमले १५ हजार, द्धितियले १० हजार र तृतियले पाँच हजार राशीको पुरस्कार प्राप्त गर्नेछन् ।

अध्यक्ष राठीका अनुसार बालबालिकाहरुलाई पहिलो पटक सहभागी गराउने ४ किलोमिटर दुरीको साइक्लोथन प्रतियोगितामा उत्कृष्ट तीनजनालाई मेडल प्राप्त गर्नेछन् । सहभागिले खल्ती एपबाट आफ्नो नाम दर्ता गराउने सुविधा रहेको छ । त्यस बाहेक मेनरोडमा रहेको आगनबाट नाम रजिष्ट्रेशन गराउने सकिने सुविधा रहेको छ ।

सहभागिले गियर र नन्–गियर दुई प्रकारको साइकल प्रयोग गर्न पाउनेछन् । जोसँग जुन साइकल छ, त्यहि प्रयोग गरेर प्रतियोगितामा सहभागि हुनसक्ने सुविधा रहेको छ । तर, साइकल सहभागि आफैंले लिएर आउनु पर्ने हुन्छ । पूर्व अध्यक्ष स्वेता तोदीका अनुसार १९ किलोमिटर दुरीमा साइक्लिङ्ग रुट तय हुनेछ । जसमा पोइन्ट तोकिनेछ । आदर्श माध्यमिक विद्यालयबाट साइक्लोथनमा सहभागि प्रतिस्प्रर्धीले तोकिएका पोइन्टमा इन्ट्री भएर फर्कनु पर्नेछ । साइक्लिङ्गको रुट सार्वजानिक गरिएको छैन ।

सहभागि सबैका लागि प्रमाणपत्र र मेडल, टिसर्ट, फुड बक्स र जुस, इभेन्ट बीब किट, मेडिकल एसिस्टेन्ट सुविधा दिईने छ । यो कार्यक्रमबाट भएको आम्दानीलाई विद्यालयका विद्यार्थीको शिक्षामा खर्च गरिने दावी छ । विराटनगर–१२ जनता बालकल्याण आधारभूत विद्यालयको शैक्षिक तथा संरचना सुधारका लागि सहयोग गरिने क्लवका आगामी कार्यकालका अध्यक्ष विवेक अग्रवालले जानकारी दिएका छन् । कार्यक्रमका लागि पूर्वको इटहरी, धरानमा प्रोफेसनल साइक्लिङ्ग गर्नेहरु समेत सहभागि हुने अपेक्षा राखिएको छ । जसले इलाइट खुल्लामा ठाउँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्