घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन आगामी चैत्र ३ गते

<span class='c1'>घरेलु तथा साना उद्योग महासंघ मोरङको</span> <span class='c2'>अधिवेशन आगामी चैत्र ३ गते</span>

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन विराटनगरमा हुने भएको छ ।

घरेलु महासंघले बुधबार आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ३ गते शनिबार अधिवेशन गर्ने तयारीमा जुटेको जानकारी दिएको छ ।

महासंघ अन्तर्गत महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन पनि सोही दिन हुने विराटनगरमा हुने भएको हो ।
अधिवेशनको दिन एक दिने घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुहरूको प्रर्दशन पनि गरिने महासंघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रर्दशनीमा घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको ६० भन्दा बढी स्टलहरू प्रर्दशनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतननाथ निरौलाले जानकारी दिए ।

एक दिने प्रर्दशनीमा कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरु, चिया, ढाका, जुत्ता, चप्पल, कस्मेटिक र विशेष गरी महिला उद्यमीहरुले उत्पादन गरेको बस्तुहरु प्रर्दशनी राखिने भएको छ । अहिले घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेको बस्तुको बजारीकरण नभएर समस्या भईरहेको बेला यहाँको स्थानीय उद्यमीहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न एक दिने प्रर्दशनी गर्न लागीएको अध्यक्ष निरौला बताए । विस२०४७ साल जेठ २४ गते स्थापना भएको महासंघमा देशभरीमा ९० हजार भन्दा बढी उद्यमीहरु संगठित भएका छन् ।

मोरङमा ३० हजार भन्दा बढी घरेलु, साना, कृषि र अन्य उद्योगहरु संचालनमा रहेको छ । ३० हजार भन्दा बढी उद्योगमा ४५ अर्बको लगानी रहेको महासंघको दाबी छ। भने तीन लाख भन्दा बढीले रोजगारी पाएको बताइएको छ । महासंघमा ४ हजार भन्दा बढी सदस्य रहेको, पाँच बस्तुगत संघ, ८ पालिका महासंघ, १७ आजिवन सदस्य रहेका छन् ।

आगामी चैत्र ३ गते महासंघको अधिवेशनबाट जिल्ला कार्यसमितिमा २५ जना र महिला उद्यम समितिमा १७ जनाको निर्वाचित कार्यसमिति हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्