राती १२ बजेसम्म होटल संचालन गर्न पाउने भएपछि विराटनगरका होटल व्यवसायी खुशी

राती १२ बजेसम्म होटल संचालन गर्न पाउने भएपछि विराटनगरका होटल व्यवसायी खुशी

विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्म आफ्ना होटल व्यवसाय संचालन गर्न पाउने भएका छन् ।

विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउन महानगरपालिकाले समन्वय खेलेपछि भने यहाँका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु खुशी भएका हुन् ।

विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठक विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन हुनेछ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न सहमत भएका छन् ।

विराटनगर प्रदेशको राजधानी भएका कारण पनि विराटनगरलाई चलयामान बनाउन आवश्यक रहेको विराट होटल व्यवसाय संघका सचिव खिल कुमार सुवेदीले बताउनुभयो । राती १२ बजे सम्म होटल व्यवसाय संचालन गराउनुपर्छ भनेर धेरै बर्ष अघिदेखी नै माग उठाउदै आएको सुवेदीको भनाई छ ।

राति १२ बजेसम्म संचालन भयो भने होटल व्यवसायलाई मात्र नभई अन्य व्यवसायलाई पनि ठुलो राहत मिल्ने सचिव सुवेदीको तर्क छ ।
सरोकारवालको बैठकले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा लगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । होटल व्यवसायी शेखरनाथ मिश्रले भने रात्रिकालिन व्यवसाय संचालन गर्नपाउनु व्यवसायीक हिसाबले राम्रो हो तर सुरक्षाको हिसाबले हो भने अलिक जोखिम हुनसक्ने बताए । उनले होटल व्यवसायी सचेत नभए त्यसले जोखिम पनि उतिकै निम्त्याउन सक्छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भने यहाँका व्यवसायीले जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा लगायतका मापदण्ड समेटेर मात्रै संभव रहेको बताएका छन् । विराटनगरको व्यवसाय प्रवर्द्धनमा महानगरपालिका सधैं गम्भीर रहेको मेयर कोइरालाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्