विराटनगरमा फुजी एकेडेमी एण्ड कन्सल्टेन्सीको शाखा सञ्चालनमा

<span class='c1'>विराटनगरमा फुजी एकेडेमी एण्ड</span> <span class='c2'>कन्सल्टेन्सीको शाखा सञ्चालनमा</span>

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्न विराटनगरमा फुजी एकेडेमी एण्ड कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ ।

विशेष गरी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया र जापान जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।

विराटनगर -९ स्थित हिमालय हलको छेउमा सञ्चालनमा आएको कन्सल्टेन्सीले परामर्श सेवासहित तयारी कक्षाहरुसमेत सञ्चालन गरिरहेको फुजी एकेडेमी एण्ड कन्सल्टेन्सीका संचालक फडीन्द्र बास्तोलाले बताए।

‘हामीले विराटनगरमा पहिलो पटक कोरिया र जापान लक्षित गरी परामर्श सेवा समेत प्रदान गरिहेका छौं,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि कोरिया र जापान जान चाहने विद्यार्थीलाई फुजी एकेडेमीको सेवाले सजिलो हुनेछ ।’

विराटनगर तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोरियन र जापानीज भाषा पढ्न इच्छा र आकांक्षा हुँदाहुँदै पनि आफ्नो घरायसी परिस्थितिले पढ्नका लागि वञ्चित भएका विद्यार्थीलाई मद्दत पुगोस भन्ने उदेश्यले दक्ष र अनुभवी प्रशिक्षकबाट छात्रवृत्तिका साथ शाखा शुरुवात गरिएको फुजी एकेडेमी विराटनगर शाखाले जनाएको छ। छुटाछुटै कक्षाको व्यवस्था गर्दै एकेडेमीले आफ्नै पाठ्यपुस्तक तथा अन्य सहयोगी पाठ्य सामग्रीको माध्यमबाट बेसिक लेबलदेखि पठनपाठन गराइदै आएको छ।

सरल र सहज ढंगले शिक्षण गराउँदै हरेक हप्ता टेष्ट क्लास लिई विद्यार्थीहरुको प्रगति विवरण चुस्त दुरुस्त राखी आवश्यक सरसल्लाह, अतिरिक्त कक्षाहरु तथा पाठ्य सामग्रीहरुको व्यवस्था रहेको संचालक बास्तोलाले बताए।

मुख्य कार्यालय हेटौडामा रहेको कन्सल्टेन्सीको शाखा कार्यालय सर्लाहीको हरीवन,इटहरी र विराटनगरमा रहेको छ। विगत लामोसमयदेखी उच्च शिक्षा अध्ययनका लागि जापान पठाउन सफल भएको छ।

जापान र कोरियाका ४ सय भन्दाबढी विद्यालय र विश्वविद्यालयसँगको सम्झौता अनुसार कन्सल्टेन्सी संचालनमा आएको संचालक बास्तोलाले जानकारी दिए।

फुजी एकेडेमीबाट जापान र कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरुले छात्रवृत्ति समेत पाउने गरेको उनले बताए। अध्ययनसँगै अवसरहरु पनि प्राप्त हुने कन्सल्टेन्सीको दाबी छ।

विदेशी नयाँ शैक्षिक सत्र सन् २०२४ मा मात्रै ३०० जना भन्दा बढी विद्यार्थीहरुलाई पठाउन सफल भएको छ।

अन्य कन्सल्टेन्सी भन्दा फुजी एकेडेमी जापान र कोरियामा अध्ययन गर्न जाने जानेहरुका लागि सरल प्रक्रिया ,छात्रवृत्तिको व्यवस्था,सही परामर्श सेवासहित अन्य सेवा सुविधा रहेको हुँदा विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको संचालक बास्तोलाको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्