बेलबारीमा भयानक सडक दुर्घटना: तीन वटा सवारी साधन ठोक्किएर ३ जनाको मृत्यु

बेलबारीमा भयानक सडक दुर्घटना:  तीन वटा सवारी साधन ठोक्किएर ३ जनाको मृत्यु

विराटनगर फाल्गुन  १८ , मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो। दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ यदुकान्त र दीपालाई चिकित्सकले मृत घोषित गरेका थिए। कृष्णको उपचारका क्रममा बिहान ८:५५ बजे न्युरोमा मृत्यु भएको हो। दुर्घटनामा परेर अरु २ जना घाइते भएका छन्।

दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।

प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्