विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले कोरियन भाषा प्रशिक्षणको कक्षा निःशुल्क संचालन गर्न बजेट बिनियोजन गरेको छ । सार्र्वजानिक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकाले युवाहरुलाई निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिइएको छ ।
नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय मार्फत फागुन २५ गतेसम्म सम्पर्क गर्न सूचनामा भनिएको छ ।
पालिकाले नागरिकता, शैक्षिक योग्यताको फोटोकपी, पासपोर्ट साइजको ३ वटा फोटो र वडा कार्यालयबाट वार्षिक आय प्रमाणित गरेको सिफारिससहित सम्पर्क गर्न भनेको छ । तीनलाख रुपैँया बजेट बिनियोजन गरेर युवाहरुलाई तालिम दिने तयारी गरिएको हो ।