विराटनगरको पूर्वाञ्चल विद्या सदन स्कुलमा ‘किड्स कार्निभल’

<span class='c1'>विराटनगरको पूर्वाञ्चल विद्या सदन</span> <span class='c2'>स्कुलमा ‘किड्स कार्निभल’</span>

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल ‘किड्स कार्निभल ’भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो ।

पूर्वाञ्चल किड्स कार्निभल अन्तर्गत गणित र विज्ञान प्रर्दशनी, खेल, नृत्य, गायन, कल्चरल र फेन्सी डे«स प्रतियोगिता आयोजना गरिएको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने र विद्यार्थीहरूले पढाइमा सिकेको ज्ञान अभ्यास गर्ने उद्देश्यले किड्स कार्निभल गरिएको बताए । ‘किड्स कार्निभलले विद्यार्थीहरूको क्षमता अभिवृद्धी मात्रै गर्दैन ।

विद्यार्थीहरूको सिकाइमा वृद्धी र पढाइको कुरा अभिभावकहरुले पनि प्रत्यक्ष रुपमा हेर्न पाउँछन्,’ प्रिन्सिपल श्रेष्ठले भने । विद्यार्थीहरूलाई पूर्वाञ्चल विद्या सदनले गुणस्तरीय शिक्षा मात्र नदिएर सिप, संस्कार र नैतिक शिक्षा पनि दिदै आएको उनले बताए ।

‘किड्स कार्निभल’ विजेताको नाम

पूर्वाञ्चल किड्स कार्निभल अन्तर्गत फेन्सी डे«स प्रतियोगिताको प्रथम कक्षा ७ का आयुष यादव, द्धितीय कक्षा ६ का विष्णु याद र तृतीय कक्षा ६ कै एन्जल राना घोषित भए । यस्तै कल्चरल डे«स प्रतियोगिताको प्रथम कक्षा ३ की सिमल राजवंशी, द्धितीय कक्षा पाँचका अनुभव विमली र तृतीय कक्षा ६ का एलिजा मुर्मु भइन् ।

गायन प्रतियोगिताको प्रथम कक्षा ८ का हरिष भुजेल, द्धितीय कक्षा ९ का जिया मण्डल र तृतीय कक्षा ९ कै रुविना यादव भइन् । यस्तै नृत्य प्रतियोगिताको प्रथम कक्षा ५ की प्रियोन्सी सुवेदी, द्धितीय कक्षा पाँचकी सन्ध्या महत्तो र तृतीय कक्षा ६ की कृपा श्रेष्ठ भइन् ।
कार्यक्रममको प्रमुख अतिथिमा विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराई, विशिष्ट अतिथि प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्