इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपा सांसदले गरे मत सर्वेक्षण

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपा सांसदले गरे मत सर्वेक्षण

इलाम । आगामी वैशाख १५ हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ६ सांसदले इलाम–२ मा मतदाताको धारणा बुझेका छन् ।

रास्वपाले इलामका ६ स्थानीय तहमा खटिएर मतदाताको धारणा बुझेका हुन् । सांसद सोविता गौतम इलाम नगरपालिका, सांसद गणेश पराजुली देउमाई नगरपालिका, सांसद मनिष झा माई नगरपालिका, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, सांसद असिम शाह फाकफोकथुम गाउँपालिका र सांसद हरि ढकाल माङसेबुङ गाउँपालिकामा खटिएका थिए ।

उपनिर्वाचनको उम्मेदवार चयनका लागि मतदाताको धारणा बुझेको सांसद सोविता गौतमले बताइन् । ‘मतदाताको अपेक्षा बमोजिमको उम्मेदवार चयन गर्न सर्वेक्षणका लागि नै आएका हौं । सर्वेक्षणको निष्कर्ष बमोजिम इलामको जनताले चाहेको उम्मेदवार नै पार्टीले पठाउने हो’, उनले भनिन् ।

रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचनसम्म पूर्णकालीन रुपमा इलाममा खटाएको छ । ४ मंसिर २०७९ मा भएको चुनावमा यो क्षेत्रबाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए भने उनीसँग झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का पराजित भएका थिए।

२६ भदौमा नेम्वाङको निधन भएपछि यहाँ आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने तय भइसकेको छ । रास्वपाबाट इलाम–२ को उपनिर्वाचन उम्मेदवारमा रमेश प्रसाई र महेन्द्रकुमार थापाको नाम चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्