इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन आवश्यक : मन्त्री बस्नेत

इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतलेदुरसञ्चारप्राधिकरको टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाई, सस्तोर सरल रुपमा सबै नागरिकको पहुँचमा पुर्याउन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल दुरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा उनले प्राधिकरणले दिँदै आएको दुरसञ्चार सेवालाई सबै क्षेत्रका नागरिकलेसहज र सरल रुपमा पाउन सक्ने वातावरण बनाउन आग्रह गरे। उनले सबै प्रकारका सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै लैजानुपर्नेमा जोड दिएर भने, ‘टेलिफोन इन्टरनेट तथा सबै सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै हरेक क्षेत्रका नागरिकले आधारभुत दुरसञ्चार सेवा सहज प्राप्त गर्न सक्ने वातावरण बनाउन म प्राधिकरणलाई आग्रह गर्छु ।’

मन्त्री बस्नेतले, दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको सेवा क्षेत्र सँगै आर्थिक क्षेत्रमा पनि महत्वपूणर् योगदान दिँदै गइरहेको उल्लेख गरे ।
‘ प्राधिकरणले सूचना प्रविधिमासेवा क्षेत्रको रुपमा त काम गर्दै आएको छ । अहिले यसले क्रमश आर्थिक क्षेत्रमा रोजगारीका अवसरहरू पनिसृजना गरिरहेकाले आर्थिक क्षेत्रमा पनि महत्वपूणर् योगदान दिदै गइरहेको छ ’मन्त्री बस्नेतले भने ।

उनले प्राधिकरणको कार्य प्रभावकारी ढङ्गले सम्पादन गर्न जनशक्ति र भौतिक पूर्वाधार पर्याप्त नभएको उल्लेख मात्र गरेनन् सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्