अर्किड स्कुलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनायो

अर्किड स्कुलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर–१० स्थित अर्किड पब्लिक स्कुलले आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो स्कुलले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयहरूले राष्ट्र निर्माणमा ठूलो योगदान पुु¥याई रहेको बताउनुभयो । उहाँले निजी विद्यालयहरुले गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गरेर मुलुककालागि आवश्यक दक्ष जनशक्ती उत्पादनगर्न महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो ।

त्यसैगरी अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले अभिभावकको सहयोग शिक्षक र विद्यार्थीहरुको मेहनतको कारणले स्कुलले सफलता प्राप्त गरेको बताउनुभयो । स्कुलका प्रिन्सिपल सीएम श्रेष्ठले विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा प्रदान गर्ने मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहन गर्ने गरेको बताउनुभयो । सो अवसरमा विराटनगर महानगरपालिका १० का वडाअध्यक्ष अर्जुन गिरी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक र अभिभावकहरूको उपस्थिती थियो । सो अवसरमा स्कुलमा अध्यनरत विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन, नाटक र फेशन शो प्रस्तुत गरे ।

कार्यक्रममा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले समेत फेशन शो, ¥याम्प वाक र नृत्यमा सहभागिता जनाएका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्तिका साथै पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयबाट २०७८ सालमा एसईइ गरेका विद्यार्थीहरु हितेचु रुम्बाले मेडिकलमा र विकल्प भट्टराईले ईन्जिनियरिङमा फुल स्कलरशिपमा नाम निकाल्न सफल भएकोमा उनीहरुका अभिभावकलाई पनि सम्मान गरिएको थियो ।

उक्त विद्यालयमा नर्सरी देखी कक्षा १० सम्म ७५० विद्यार्थी तथा ४५ जना शिक्षक कर्मचारी कार्यरत रहेको रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्