जेसीबाल सदन स्कुलको स्वर्णजयन्ती, संस्थापक प्रिन्सीपलसहित २ जना सम्मानित

<span class='c1'>जेसीबाल सदन स्कुलको स्वर्णजयन्ती, संस्थापक</span> <span class='c2'>प्रिन्सीपलसहित २ जना सम्मानित</span>

विराटनगर । विराटनगरक जेसीद्धारा सार्वजनिक शैक्षिक गुठीमा दर्ता भई विराटनगर १३ रानीपथमा संचालनमा रहेको जेसीबाल सदन स्कुलले विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाएका छ ।

विराटनगरको सिटी प्यालेसमा एक भव्य कार्यक्रम गरी ५० औँ बर्षमा पुगेको अवसरमा स्कुलले स्वर्णजयन्ती मनाएको हो ।

स्वर्णजयन्तीको अवसरमा स्कुलले सस्थापक प्रिन्सीपल बनी नेपाल र दोस्रो कमला श्रेष्ठलाई सम्मान गरेको छ । स्कुल स्थापना भएका समयमा शैक्षिक क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै उहाँहरुको उच्च मुल्याङकन गरी सम्मान पत्र सहित खदा लगाएर सम्मान गरेको थियो । सम्मानित हुने प्रिन्सीपलदयलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर ५ का संघिय सांसद योगेन्द्र मण्डलले सम्मान गरेका थिए ।

कार्यक्रममा सम्पुर्ण विद्यार्थीका अभिभावकको उपस्थितीमा विविध सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । विद्यालयमा अध्ययनरत सानासाना नानीहरुले नृत्य प्रस्तुत गरी सहभागी अतिथी तथा अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी अन्य विद्यार्थीहरुले पनि सामुहिक नृत्यसँगै गायन पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विराटनगर जेसिजका पदाधिकारी तथा पुर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विस २०३० सालमा स्थापना भएको स्कुलमा कक्षा नर्सरीदेखी कक्षा १० सम्म अहिले ६ सयको विद्यार्थीहरुले अध्ययनरत रहेको स्कुललको प्रिन्सीपल तुलसी दुलालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्