विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरि स्कुलको १६ औं वार्षिकोत्सव मनाएको छ।
विद्यालयले शनिबार हाटखोलाको गुरुकुल नाटक घरमा विशेष कार्यक्रम ’आनन्द उत्सव’ आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव मनाउने क्रममा नृत्य, नाटक, रेम्प वाक , योगा, पुरस्कार वितरण आदि कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।अभिभावकहरुको बाक्लो उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन तथा अन्य कलाहरुको प्रस्तुतिबाट उनीहरुका अभिभावक उत्साहित भएका थिए । विद्यार्थीहरुले जनचेतनामुलक नृत्य,नाटक समेत प्रस्तुत गरेका थिए ।
अहिलेको समयमा मोबाइलले बालबालिकाहरुलाई के कसरी नकारात्मक असर पारेका छ भनि चेतना मुलक नृत्य प्रस्तुत गरेका थिए । द आर्ट अफ लिभिङको औपचारिक विद्यालयको रुपमा नेपालमा सञ्चालित रविशंकर विद्या मन्दिरले आयोजना गरेको कार्यक्रममा विद्यालयका हरेक विद्यार्थीहरुले आफुभित्र रहेको प्रतिभाको प्रफुस्टन गर्दै कार्यक्रममा विभिन्न प्रस्तुती देखाइएको प्रिन्सिपल सीमा अग्रवालले जानकारी दिनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालीकाका मेयर नागेश कोईराला , प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल , शैक्षिक संघसस्थाका पदाधिकारी, अभिभावक तथा पुर्व विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।