एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति, आजै नयाँ सरकार बन्ने

एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति, आजै नयाँ सरकार बन्ने

नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ ।

नेकपा एमालेका एक प्रभावशाली नेताका अनुसार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको छ ।

त्यसका लागि आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्