प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपासहितको गठबन्धन सरकार बन्दै

<span class='c1'>प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपासहितको</span> <span class='c2'>गठबन्धन सरकार बन्दै</span>

काठमाडौं । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजनमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिए ।

नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको छ । पुन पहिला पनि अर्थ मन्त्री भैसकेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिईने भएको छ । यसअघि पनि गृह पाएका लामिछाने चर्को विवादमा परेपछि मन्त्रीबाट हटेका थिए ।

त्यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिईन भएको सूत्रले जनाएको छ । प्रधानमन्त्री दाहाल र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए । त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए । बैठकमा प्रधानमन्त्री दाहालले केहीबेर अघिसम्मको गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए ।
आजका संसद बैठक स्थगित भएपछि राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ ग्रहण कार्यक्रम समेत सरेको छ भने सभाको नयाँ अध्यक्षको निर्वाचन पनि नयाँ राजनीतिक समीकरण अनुसार हुने निश्चित भएको छ ।

सरकार गठनमै दलहरु व्यस्त रहेकाले संसका कार्यक्रमहरु अनिश्चित बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्