मोरङको धनपालथानमा सशस्त्रका डीएसपी मृत फेला

मोरङको धनपालथानमा सशस्त्रका डीएसपी मृत फेला

विराटनगर । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मृत फेला परेका छन्। सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख उनी कोठा भित्र झुण्डिएको अवस्था देखिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालले घटनास्थलमा नेपाल प्रहरीको टोलि पुगेर घरपरिवारका सदस्यलाई पर्खेर बसिरहेको जानकारी दिएका छन् । भित्र देखिएको छ, प्रवेश गरेर हेर्न भने पाइएको छैन, प्रवक्ता दाहालले भने–सम्बन्धित परिवारका सदस्यको प्रतिक्षमा नेपाल प्रहरीको टोलि बसिरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमनकुमार तिम्सिनाले प्रारम्भिक जानकारी अनुसार एसपी बस्याल आफ्नो कोठामा मृत देखिएका छन् । घटनास्थलमा अहिले प्रहरी परिचालित भएकोले थप विवरण आउन बाँकी छ । कार्यालयभित्र डोरीको पासो लगाएरको बाहिर बाट मात्रै देखिएको छ । घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान थालेको छ सशस्त्र प्रहरीका केही अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्