विराटनगरमा तेस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२४ ” हुने

विराटनगरमा तेस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२४ ” हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ ।

आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघसगको समन्वयमा फागुन २२ गतेदेखि फाल्गुन २५ गतेसम्म विराटनगर–६ केशलिया रोडमा रहेको म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र ईलाम र मधेश प्रदेशबाट सप्तरी र सिरहाको सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । कोशी प्रदेश र मधेश प्रदेशको क्रिकेट विकास गर्ने उदेश्यका साथ तेस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२४ ” आयोजना गर्न लागेको कार्यक्रम संयोजक विशाल साहले बताए।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने आयोजकले जनाएको छ । खेल टि-२० फर्माटमा खेलाइने छ । ४ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरुको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथआउट वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक रचना रामचन्दनले बताइन् । उक्त प्रतियोगिताका लागि क्रिकेट विथआउट वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक विराटनगर आएका छन्।

मोरङले मधेश प्रदेशको सिरहालाई ४ विकेटले पराजित गर्दै दोस्रो इक्युवालिटि कप महिला क्रिकेटको उपाधि जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्