विराटनगर । शिवरात्रीको अवसरमा विराटनगरमा ‘सकारात्मक जीवन शैली’ विविध सास्कृतिक कार्यक्रम गरी ८८ औँ त्रिमुर्ति शिवजयन्ती मनाईने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले आगामी फागुन २६ गते शनिबार सिटी प्यालेस विराटनगरमा एक भव्य समारोहका बीच शिवजयन्ती मनाउने भएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी शिवरात्रीको अवसरमा विविध सास्कृतिक कार्यक्रम गर्ने जानकारी दिइएको छ । ८८ औँ त्रिमुर्ति शिवजयन्तीको पूर्व सन्ध्यामा रक्तदान, मोटरसाईकल ¥याली, पद यात्रा, विराटनगरका शिव मन्दिरहरुमा शिव सन्देश ईश्वरीय ज्ञानदिने कार्यक्रम गरिने ब्रहमाकुमारी गीता ख्याखलीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
त्रिमुर्ति शिवजयन्तीको अवसरमा आध्यात्मिक प्रवचन, उत्प्रेरक क्लास, सम्मान समारोह, नृत्य नाटक साथै गीत एवम् सांगीतिक अभिनय लगायतका कार्यक्रम रहेको राजयोग प्रशिक्षक अर्जुन थपलियाले जानकारी दिनुभयो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले यसबर्ष सकारात्मक परिवर्तन वर्षको रुपमा मनाउने तायरीमा रहेको छ । यस अघि राजयोग केन्द्रले विराटनगरका १९ वटै वडाका ४० स्थानमा शिव सन्देश दिने कार्यक्रम समेत गरिसकेको ब्रह्माकुमारी राजयोग केन्द्र विराटनगरले जनाएको छ ।