कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया

कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ ।

कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिरपाताको शल्यक्रिया गरिएको हो ।

रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो । भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

डा. मिलन केसीको नेतृत्वमा डा. नविन सुवेदी र डा. रोशन यादवसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सरदारको दुर्लभ तथा जटिल किसिमको शल्यक्रिया गरेको हो ।

डा. केसीले कोशी प्रदेशमै पहिलोपटक यस किसिमको शल्यक्रिया भएको दाबी गरे । ‘मलाई जानकारी भएअनुसार कोशी प्रदेशमा यसअघि यस्तो शल्यक्रिया कहिल्यै पनि भएको थिएन,’ डा. केसीले भने, ‘कोशी अस्पतालमा पनि जटिल किसिमको शल्यक्रिया गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

कोशी अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेर आएको बिरामी सरदारले बताउनुभयो । पुराना र अनुभवी डाक्टरले अप्रेसन गर्छन् भनेर यहाँ आएको उहाँको भनाइ थियो ।

‘कोशीमा राम्रो उपचार हुन्छ भनेर सुनेर आएको हुँ । वास्तवमै धेरै राम्रो उपचार हुँदोरहेछ,’ सरदारले भने, ‘मैले विश्वास गरेअनुसार नै धेरै राम्रो रहेछ कोशी अस्पतालको उपचार सेवा ।’

सरदारको १८ दिनअघि रुखबाट लडेर देब्रेहातको पातोका सबै हड्डी भाँचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्