एकै दिन दुई हजार रुपैयाँले बढ्यो सुन

<span class='c1'>एकै दिन दुई हजार</span> <span class='c2'>रुपैयाँले बढ्यो सुन</span>

काठमाडौं । तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ । आज सुनको तोलामै दुई हजार रुपैयाँँले मूल्य वृद्धि भएको हो । यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ ।

आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य वृद्धि नगर्दा सोमबार आइतबारकै मूल्यमा छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।तर,महासंघले मंगलबार फेरी सुनको भाउ दुई हजार रुपैयाँले बढाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला २ हजार रुपैयाँले बढाएर एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भैरहेको महासंले जनाएको छ ।

त्यसैगरी, सोमबार स्थिर रहेको चाँदीको मूल्य एकैदिन ३५ रुपैयाँले बढाएर आज प्रतितोला १४ सय ४५ रूपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्