विराटनगरका उद्योगीले भने विद्युत महशुल बृद्धि गर्ने निर्णय नहोस्

विराटनगरका उद्योगीले भने विद्युत महशुल बृद्धि गर्ने निर्णय नहोस्

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले बिद्युत महशुल बृद्धि गर्ने तयारी गलत भएको बताएको छ । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाउँदै कुनैप्रकारको शुल्क थप नगर्न आग्रह गरिएको हो ।

उद्योग व्यवसाय क्षेत्रमा दैनिक दश घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो–भोल्टेज लगायतका समस्या भोग्नु परिरहेको समयमा निरन्तर विद्युत उपलब्ध गराउन र गुणस्तरमा सुधार गर्न संगठनले माग समेत गरेको छ ।

विभिन्न कठिनाईको सामना गर्दै हाल संचालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले हाल उपभोग गर्दै आएको प्रति यूनिट विद्युत तुलनात्मक रुपमा अन्य मुलुकको भन्दा वढी रहेको ले महशुल बृद्धि गर्न नहुने तर्क गरिएको छ । वस्तुको उत्पादन मूल्यमा असर पर्ने बताउँदै संगठनले त्यसको मार उपभोक्ताले खेप्नुपर्नेमा ध्यान दिन सुझाएको छ ।

अध्यक्ष राकेश सुरानाले पूर्व सूचना विना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाई भईरहेको बेला महशुल बढाउने भन्दा गुणस्तरमा ध्यान दिन माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्