बैंकबाट साटेको एकलाखको बण्डलमा हजारको नोट नक्कली

<span class='c1'>बैंकबाट साटेको एकलाखको बण्डलमा</span> <span class='c2'>हजारको नोट नक्कली</span>

विराटनगर । विराटनगरमा बैंकबाट निकालिएको एकलाख रुपैँयाको बण्डलमा एकथान (एक हजारको नोट) नक्कली भेटिएको छ । विराटनगरको स्ट्याण्डर चार्टर बैंक महेन्द्रचौक शाखाबाट चेक साटेर ग्लोबल आईएमई बैंकमा जम्मा गर्न जाँदा एउटा नक्कली नोट भेटिएको हो ।

विराटनगर–६ का प्रविन भट्टराईले स्टयाण्डर चार्टर बैंकमा चेक साटेर ट्राफिक चौकको ग्लोबल आईएमई बैंकमा नगद जम्मा गरेका हुन् । बण्डलमा रहेका नोटमध्ये एउटा नक्कली फेला परेको ग्लोबल आईएमई बैंकले भट्टराईलाई जानकारी दिएको थियो । त्यसपछि भट्टराई चेक साटेको स्टयाण्डर चार्टर बैंक फर्केर जानकारी गराएका थिए ।

‘मैले जानकारी गराउँदा स्टयाण्डर चार्टर बैंकले आफ्नो जिम्मेवारी नहुने जवाफ दियो’ भट्टराईले भने–बैंकबाट चेक साटेर बैंकमै नगद जम्मा गर्न जाँदा भेटिएको त्रुटी समेत सच्याउन मानेन । भेटिएको नक्कली नोट ग्लोबल आईएमई बैंकले राखेको भट्टराईले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्