ईटहरीबाट खैरो हेरोईनसहित एक जना पक्राउ

<span class='c1'>ईटहरीबाट खैरो हेरोईनसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (पीआइटी) बाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ट्याटुहाउस संचालक स्थानीय २५ बर्षीय मनिष लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुले संचालन गरेको ट्याटुहाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्