तेस्रो इक्वालिटी कप महिला क्रिकेट : मोरङ र इलाम विजयी

<span class='c1'>तेस्रो इक्वालिटी कप महिला क्रिकेट</span> <span class='c2'>: मोरङ र इलाम विजयी</span>

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज सुरु भएको तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम विजयी बनेका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को स्कोर खडा गरेको थियो ।

मोरङका लागि प्लेयर अफ द म्याच सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन जोडिन् । सम्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् ।

१ सय ५६ रनको स्कोर पछ्याएको सप्तरीले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । सप्तरीकी सुस्मीता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान ३–३ विकेट लिइन् ।

यसैगरी, दोस्रो खेलमा इलामले सिरहालाई ५ रनले पराजित गरेको छ । टस जिेतर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४ गुमाई १ सय ४६ रनको स्कोर खडा गरेको थियो ।

इलामका लागि प्लेयर अफ द म्याच प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् । सिरहाकी अर्चना महतो, अजमेरि खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिइन् ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ४१ रनमा सिमित भयो । सिरहाका लागि मिना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुस्मिता मुखियाले २ विकेछ लिँदा जानुका खवासले १ विकेट लिइन् ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखी राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।

फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेका खेल सम्योजक विशाल साहले बताए ।

लिगको आधारमा खेलाइने प्रतियोगितामा उत्कृष्ट दुई टिमले फाइनल खेल्ने खेल साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्