पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पीएसजीले पहिलो लेगमा २–० ले पराजित गरेको थियो भने मंगलबार राति भएको दोस्रो लेगमा २–१ को नतिजा निकाल्न सफल भयो ।
पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् । खेलको १५ औं मिनेटमा ओस्मन डिम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा ली काङको पासमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

८९ औं मिनेटमा रियर सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्