इटहरी गोल्डकप चैत १० गतेदेखि

इटहरी गोल्डकप चैत १० गतेदेखि

विराटनगर । सुनसरीको इटहरीमा चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुने भएको छ ।

स्थानीय राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो ।

इटहरी रंगशालामा हुने प्रतियोगितामा नेपालका आठ तथा भारतका दुई टिमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्च ब्वाइज युनाईटेड, मछिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाइटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने छ ।

आयोजकका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरि सर्वाधिक गोल गर्ने खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार सर्वाेत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले नगद २० हजार पाउनेछन् ।

हरेक दिन हुने खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्