‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचित

‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचित

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो ‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचन भएको छ ।

नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उक्त संस्करण विमोचन गरेका हुन् ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित रही सञ्चालन गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट ठहर गरिएका २७ वटा लेख रचना जर्नलमा संगृहीत छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका लेखकहरु क्रमशः सन्नी लामा, सुदीप अधिकारी र मनिष जंग पुलामीलाई प्रधान सेनापति शर्माले जंगी अड्डामा आयोजित समारोहमा क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख नगद पुरस्कार तथा कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उक्त जर्नलका मूल्यांकन तथा सम्पादक मण्डलका सदस्यहरुका साथै लेखकहरुलाई कदरपत्र पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्