लागुऔषधसहित विराटनगर र उदयपुरबाट दुईजना पक्राउ

<span class='c1'>लागुऔषधसहित विराटनगर र</span> <span class='c2'>उदयपुरबाट दुईजना पक्राउ</span>

विराटनगर । लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ– ५ का २४ वर्षीय राज कुवर र उदयपुर चौदण्डी– ६ का ३१ वर्षीय विजय राई रहेको प्रहरीले जनाएको छ ।

कुवरलाई बुधबार विराटनगरबाट लागुऔषधसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुवरको साथबाट लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल सहित पक्राउ गरेको थियो। भने राईलाई हिजै बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्