सरकारलाई कमजोर र असफल हुने छुट छैन् : बर्तौला

<span class='c1'>सरकारलाई कमजोर र असफल हुने</span> <span class='c2'>छुट छैन् : बर्तौला</span>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रा आसनहरु परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जवाफदेहीता हाम्रो फेरिएको छैन् । जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन् । त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ । यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन् । जनताको हितमा काम गर्ने सामथ्र्य राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्