विराटनगरको जनपथले मनायो ६० औं वार्षिक उत्सव

विराटनगरको जनपथले मनायो ६० औं वार्षिक उत्सव

विराटनगर । विराटनगरको जनपथ माध्यमिक विद्यालयले ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरेर बिहीबार मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना, छात्रवृत्ति तथा पुरस्कार वितरण गरेर मनाइएको हो ।

विद्यालयका प्राचार्य हरिप्रसाद पराजुलीका अनुसार कार्यक्रममा पूर्व शिक्षक तारानाथ भट्टराईले एकलाख एघार हजार १११, पूर्व प्र.अ.मुकुन्दप्रसाद ढकालका छोरा रिमेन ढकालले एकलाख पाँच हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । यसैगरी तिर्थेन्द्र तथा त्रिलोक न्यौपानेले स्थापना गर्नु भएको अक्षयकोषबाट पाँच हजार रुपैँयाको छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयका अभिभावक कमल राउतले परिवारकोतर्फबाट उपलब्ध गराउनु भएका रकम सातजना विद्यार्थीलाई प्रतिविद्यार्थी तीन हजारका दरले वितरण गरिएको छ ।

यसैगरी पूर्व प्रअ बुद्धि सुवेदीले तीनजना र राजनीतिमा अगुवा युवा पर्शुराम बस्नेतद्वारा स्थापित अक्षयकोषबाट तीनजना विद्यार्थीलाई तीन हजार प्रतिविद्यार्थी छात्रवृत्ति उपलब्ध गराइएको छ । प्राचार्य पराजुलीका अनुसार अतिरिक्त क्रियाकलापमा उत्कृष्ट तथा परीक्षामा उत्कृष्ट अंक ल्याउने कक्षागत ३÷३ जनालाई पुरस्कार समेत वितरण गरिएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले सबैको सामुहिक पहलले मात्रै शैक्षिक सुधारमा सफलता प्राप्त हुने बताएका थिए । कार्यक्रममा प्रमुख अथिति मोरङ शिक्षा तथा समन्वय इकाई प्रमुख टंक प्रसाद गौतम, विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद भट्टराईसहितको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सोमनाथ तिम्सिना र स्वागत मन्तव्य सहायक प्रअ मनमाया रिजालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्