जसपा सरकारमा सहभागी हुने

<span class='c1'>जसपा सरकारमा</span> <span class='c2'>सहभागी हुने</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागि हुने भएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, ‘एक प्रकारले हामीले सरकारलाई समर्थन दिएकै थियौं । सरकारमा थोरै फेरबदल कांग्रेसको बहिर्गमन र नेकपा एमालेको आगमनलाई हामीले सहजै स्विकार गरेर आठ बुँदे सहमति नै गरेका छौं । प्रधानमन्त्री तथा अन्य दलहरुको आग्रमा हामी सरकारमा जाने भएका छौं ।’

कुन–कुन मन्त्रालयमा को जानेबारे छलफल गरेर प्रधानमन्त्रीलाई दिने र यसका लागि सर्वाधिकार अध्यक्ष यादवलाई दिइएको प्रवक्ता सुमनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्