गठबन्धन टुटेकोमा खुशी छु : नेता डा.शशांक कोइराला

<span class='c1'>गठबन्धन टुटेकोमा खुशी छु</span> <span class='c2'>: नेता डा.शशांक कोइराला</span>

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन् । कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो ।

विहीबार बिराटनगर बिमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले कांग्रेस सँधै एक्लै लड्नुपर्ने औंल्याए ।

उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो । प्रचण्ड र ओलीज्यू उहाँहरुले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा बरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन् , कसैको आर्शिवाद पाएको हो कि भन्ने लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाही हो ।’
उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए ।

उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुदैँन् । विगतमा जसरी मिलेका थियौं त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्