खरदार मथुरालालद्वारा निर्मित राणाकालको गणेश मन्दिर

<span class='c1'>खरदार मथुरालालद्वारा निर्मित</span> <span class='c2'>राणाकालको गणेश मन्दिर</span>

इन्दु साह
विराटनगर । हरेक मंगलबार विराटनगरको कोशी अस्पताल नजिक रहेको गणेश मन्दिरमा पुजाआराधना गर्नेको भीड लाग्दछ । राणाकाल रहँदै वि.सं.२००१ सालमा खरदार मथुरालालद्वारा स्थापित गणेश मन्दिर बारेको प्रचलन अलिक फरक छ । मन्दिरमा रहेका २३ वर्षीय पुजारी लक्ष्मण घिमिरेका अनुसार भगवान गणेशले यो स्थानमा दूध खाएको विश्वासमा मन्दिर स्थापना गरिएको हो ।

भक्तजनले यहाँ पुजाआराधाना गर्दा मनोकामना पुरा हुने विश्वास मन्दिर स्थापना भएदेखि नै रहेको छ । मुख्य गरी सिद्दिविनायक गणेशको पुजाआराधना गरिन्छ । अन्य देविदेवतामा सरस्वती ,लक्ष्मि,नारायण, मुसक शिवजी लगायत देविदेवताको मुर्ती राखिएको छ । यस मन्दिरको प्राङगण साँघुरो भएकोले यहाँ ठुला कार्यक्रम नहुने पुजारी घिमिरेले बताए । उनी विगत ८ वर्षदेखि मन्दिरमा पुजारीको रुपमा कार्यरत छन् ।

बढिजसो यहाँ जप अनुष्ठान हुने गरेका छन् । मन्दिर परिसर भित्र रहेको सटरमा भने महिला मण्डलीले कहिलेकाँहि भजनकृतन गर्ने गरेका छन् । मन्दिरको सरसफइको लागि यहाँ सफाइकर्मी समेत राखिएको छ । मन्दिरको सुरक्षाकोलागि सुरक्षगार्डि दुईजना राखिएको छ । मन्दिरको सेवामा रहेका सम्पूर्ण कर्मचारीलाई मन्दिर समितिले मासिक तलब दिने गरेका छन् ।

एक बिघाहा १२ कट्ठा जमिन समेत मथुरालाल खरदारले मन्दिरको नाममा दान दिएका थिए । सो जमिन खेतीकोलागि दान गरीएको हो । खेतीबाट भएको आम्दानी मन्दिर छेउको भवनको सटरबाट उठेको रकमले मन्दिरको ब्यवस्थापन गरिरहेको समिति सदस्य लवसुन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार सटरबाट उठेको रकमले मन्दिरको पुनःनिर्माण गर्ने योजना रहेको छ । मन्दिर भएको ठाउँ र भवन गरी जम्म एककट्ठा बढी जमिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्