नेप्से बढ्यो कारोबार रकम बढेन

<span class='c1'>नेप्से बढ्यो कारोबार</span> <span class='c2'>रकम बढेन</span>

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ ।

नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर परिसूचक २०१७.०३ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४५ करोड रुपैयाँ थियो । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो ।

दलीय सत्ता समीकरण फेरबदलसँगै मंगलबार मात्रै बुधबार मात्रै अर्थमन्त्री फेरिएका छन् । अर्थमन्त्रीमा माओवादी नेता वर्षमान पुन आउँदा सेयर बजार परिसूचक बढे पनि कारोबार रकम घट्दा भने बजारले उनको आगमनलाई खासै उत्साहजनक नलिएको संकेत दिएको छ । उनको आगमनमा सेयर बजारका लगानीकर्ताले ‘पर्ख र हेर’ को मनस्थितिमा देखिएका छन् । बिहीबार होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापारबाहेकका १० उपसमूहको सेयरमूल्य बढेको छ । सर्वाधिक निर्जीवन बीमा समूह १.५६ र जलविद्युत १.१४ प्रतिशतले बढेका छन् । कारोबार भएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ५९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सेयरमूल्य सर्वाधिक बढ्नेमा पिपुल्स हाइड्रोपावर छ । सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, मोलुङ हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट छन् । नेपाल पुनर्बीमाको ५६ करोड २० लाख, शिवम्को १६ करोड ४१ लाख र सोनापुरको १३ करोड ४१ लाखको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्