कोशी अस्पतालमा ७० जना सफाई कर्मचारी, अस्पताल सधैं दुर्गन्ध

कोशी अस्पतालमा ७० जना सफाई कर्मचारी, अस्पताल सधैं दुर्गन्ध

इन्दु साह
विराटनगर । कोशी अस्पताल विराटनगरमा ७० जना सरसफाईकर्मी छन् । तथ्यांक अनुसार स्थायी २४ जना, करार १३ जना र ज्यालादारी ३२ जना छन् । दैनिक सफाई कर्मचारी अस्पतालमा खटिन्छन् तर सरकारी अस्पतालको दुर्गन्ध दसा भने कहिल्यै हट्दैन ।

सरकारी अस्पतालको भरमा रहने पूर्वका सेवाग्राहीको दैनिक भीड लाग्ने अस्पतालमा सरसफाई व्यवस्थापन उचित नहुँदा सधैं आलोचना सहनु पर्ने अवस्था छ । अस्पतालको प्राङगणमा प्रवेश गरेदेखि सुरु भएको गन्ध पेरीफेरीभर आईरहन्छ । पानीबा पाइप बाहिरै छन् । फोहोर पानी निकासी हुने पाइपहरु फुटेर चुहिएका छन् । गुट्खाखैनीका खोला बाटामा छरिएका छन् । मिहीन ढंगबाट सरसफाई नहुँदा त्यसको स्वरुप कहिल्यै उज्यालो देखिदैन ।

बाहिरी परिसरमा नयाँ संरचना निर्माण भईरहेका कारण अस्तव्यस्त भएपनि भित्री परिसर समेत उस्तै फोहोर छ । भित्तामा गुट्का खाएर थुकिएको छ । धुलो उडाउँदै झाडु लगाउँदा सेवा लिन आउनेहरुलाई उस्तै सास्ती छ । शौचालयमा पानी फ्लस गर्ने सबै ह्वाङ्ग छन् । सिंढीमुनी काम नलाग्ने फोहोरको डंगुर छ । लामखुट्टेको उडान २४ सै घण्टा चलिरहन्छ । सर्वसाधारणले प्रयोग गर्ने शौचालय नाक नसमाई पुग्न सक्ने अवस्थामा छैन ।

यति बिघ्न समस्या भएको अस्पतालमा स्वास्थ्य विज्ञान जानेबुझेका चिकित्सक, नर्स र कर्मचारी काम गर्दछन् । सेवा लिन आउनेहरु समेत फोहोरको असर बारे जानकार नै हुन्छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल झालाई फोहोरको विषयमा सोध्दा उनको जवाफ थियो–कर्मचारीले कामै गर्दैनन् । कारण, राजनीतिक नियुक्तिका आधारमा जागिर खान गएका सरसफाईकर्मी आफ्नो काम नगरी दिनभर बसिदिन्छन् । प्रशासनले नियन्त्रण र नियमन गर्न खोजे आन्दोलनमा उत्रने समस्या छ । मेसु झाले काम लगाउनै नसक्ने भएपछि फोहोर टेक्नु बाहेक विकल्प नभएको बताए ।

अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले कर्मचारी व्यवस्थापनमा कमजोरी रहेको बताउँछन् । उनले राजनीतिक दलका कार्यकर्तालाई कर्मचारी बनाएर पठाएका कारण तोकिएको काम नगर्ने गुनासो गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्