वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन पक्राउ

<span class='c1'>वैदेशिक रोजगारीको प्रलोभनमा ठगी</span> <span class='c2'>गर्ने तीन पक्राउ</span>

काठमाडौं । वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा ठगी गरेको आरोपका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काडमाडौंको टोखा बस्ने म्याग्दीको बेनी-४ का ३८ वर्षीय सुनिल शाही, टोखा बस्ने नवलपारसीको कावासोती-१७ की सुशीला राई र ललितपुरको भैंसेपाटी बस्ने मोरङको उर्लाबारी-९ की ३४ वर्षीया लक्ष्मी लिम्बू छन् । शाहीले सुन बहादुर गोलेलाई मासिक ७० हजार आम्दानी हुने माल्दिभ्समा सवारीचालकको काम लगाइदिन्छु भन्दै पटक पटक गरेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
उजुरी परेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै लिम्बुमाथि रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ । उनले केयरगिभरको कामका लागि प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्छ, मासिक ४ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाएर पीडितहरुबाट पटक पटक गरी २९ लाख ८८ हजार रुपैयाँ लिइ सम्पर्कविहीन जाहेरी आएको थियो । लिम्बुलाई ललितपुरको भैसेपाटीबाट पक्राउ गरिएको हो ।

यस्तै दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् । उनले भीमबहादुर सिंह समेत २ जनालाई दुबईमा मासिक एक लाख तलब हुने जागिर लगाइदिने प्रलोभनमा पारेकी थिइन । त्यसका लागि पटक पटक गरी ५ लाख ७५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको जाहरी आएपछि टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्