सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै

<span class='c1'>सेनाले २६१ औँ</span> <span class='c2'>वार्षिकोत्सव मनाउँदै</span>

काठमाडौं । नेपाली सेनाले शुक्रबार २६१ औँ वार्षिकोत्सव मनाउँदै छ ।

विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैछन् ।

सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमहरू समेत गर्ने तयारी छ । यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति समेत छ । जंगीअड्डा मातहत रहेका पृतना, बाहिनी, गण र गुल्ममा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने कार्यक्रम रहेको छ ।

नेपालमा सेनाको सांगठनिक अभ्यास १८१९ सालदेखि सुरुवात भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्