श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

<span class='c1'>श्रीमानको कुटपिटबाट</span> <span class='c2'>महिलाको मृत्यु</span>

भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ - १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरु भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्