नेतृत्वमा पत्रकार महिला

नेतृत्वमा पत्रकार महिला

सुजता लिम्बू
विराटनगर । नेतृत्वमा महिलालाई कम प्राथमिकतामा नै राखिन्छ । विभेद र अवसरमा कम सहभागितासँगै कतिपय स्थानमा काम गर्न असहज परिस्थिति समेत पैदा भएको पाइन्छ । तर, पछिल्लो समय महिलाले नै नेतृत्व गरेको संस्था र योजनामा महिला सहभागीता उल्लेख्य भएको पाइन्छ । तर, नेतृत्वमा पुगेका पत्रकार महिलाहरुलाई अवसरसँगै चुनौती उत्तिकै भएको पाइन्छ । यसै सन्दर्भमा पत्रकार महिलाहरुलाई नेतृत्वमा के –कस्ता चुनौती छन् ? नेतृत्व स्थानमा रहेको पत्रकार महिलालाई सोधेका छौँ ।

विमला तुम्खेवा, अध्यक्ष संचारिका समूह

पत्रकार महिलाहरुको छाता संगठन संचारीका समूहका केन्द्रिय अध्यक्ष विमला तुम्खेवा आफूले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक पुरा गर्न सके चुनौतीहरु यसै सामना गर्न सकिने बताउछिन् । आधुनिक नेपालको विकासक्रमसँगै नेपाली समाजको विकास र अवस्थालाई मनन गर्दा राजनीतिक परिवर्तन उपस्थितिहरुमा महिलाको सहभागिताले पनि नेपाली महिलाले प्राप्त गरेको समग्र अधिकारहरु निराशजनक नभएको धाराणा राख्छिन् । उनी तीन दशकदेख पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छिन् ।

नेतृत्व तहमा काम गर्न महिलाका लागि कस्तो चुनौती छ ? भन्ने प्रश्नमा उनी प्राविधिक, व्यवहारिक, संस्थागत र वैचारिक रुपमा नेतृत्वमा बस्ने महिलालाई त्यति सहज नभएपनि यसैलाई अवसरको रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिन्छिन् । विकसित मुलुकमा एउटा प्रणाली बनिसकसको हुँदा हरेक नागरिकले राज्यलाई के दिने भन्ने सोँच उनीहरुमा रहेको बताउदै उनले नेपालमा नेतृत्व तहमा कसरी काम गर्ने भन्ने सिक्दै गरेको बताइन् । सामाजिक संघ–संस्था पनि सेवाका नाममा व्यापारी भएकाले यस्तो प्रणालीमा काम गर्न त्यति सहज नभएपनि सहज बनाउदै अगाडी बढ्नुपर्ने उनी तर्क राख्छन् ।

नेतृत्वमा महिलाको पहुँच पुग्नु र सफल नेतृत्व हुनु संघ– संस्थाले महिलाका लागि सहज वातावरण सिर्जना गरिदिनु जरुरी रहेको बताउदै उनी भन्छिन्,‘ नेतृत्वमा धैर्यता, निरन्तरता र लगाव अनि आफूले पाएको जिम्मेवारीमा इमान्तार चाहीँ हुनु जरुरी छ ।’
पछिल्लो समय पत्रकार महिला विस्थापित हुने संख्या बढ्दो छ नि ? यो प्रश्नमा उनले काम गर्ने सिप र क्षमता प्रस्तुत गर्ने मौका दिँदै सक्रिय पत्रकार महिलाहरुलाई सकारात्मक साथ दिन जरुरी रहेको आर्थिक, समाजिकरुपमा बलियो बनाएर लग्नु जरुरी रहेको बताउछिन् ।
यसका लागि संचारीका समूले पत्रकार महिलाहरुलाई ’फेलोशिप’, तालिमहरु प्रदान समेत गर्दै आइरहेको उनको भनाई थियो ।

सरिता बराइली
महिला पनि पुरुषसँग समान हैसियत बोकेको भएपनि विविध बाहनाले नेतृत्व नस्विकार्ने अवस्था यथावत नै रहेको नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सिरता बराइली बताउछिन् । यसमा पुरुषले मात्रै नभएर महिला स्वयम्ले पनि महिला नेतृत्व स्विकार गर्न गाह्रो मान्ने गरेको उनको भनाई छ । ‘नेतृत्वमा पुग्दा सहकर्मीहरु मा त झनै साथ, सहयोग , हौसला भन्ने कुरा अपेक्षा अनुसार नहुने रहेछ,’ उनी भन्छिन्,‘मैले आफैले नेतृत्वमा पुग्दा निक्कै हिन्नताबोध महसुस गरे खासै सहयोग गरेको महसुस गरिन, तर आफैले आफैलाई बलियो बनाउनुपर्ने चाहीँ रहेछ।’ नेतृत्व तहमा पुगेपछि हरेक असहयोगलाई अवसरकोरुपमा लिएर हिम्मतका साथ अथाडी बढेको बताउने उनी हार्नु छुट पनि नभएको बताउछिन् ।

परिवार, बच्चा र आफ्नो करियरलाई एउटै रफतारमा लिएर अगाडी बढ्नुपर्ने पत्रकार महिलाहरुका लागि ठूलो चुनौती भएपनि यसलाई सँगै मिलाएर लग्न सके सफलता प्राप्त हुने उनको बुझाई छ । आउने पुस्ताहरुले तमाम समस्यासँगै अबको पत्रकारिता प्रविधिमैत्री भएकाले प्रविधिको भरपुर प्रयोग गरेर अगाडी बढ्न सके अबको पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताका पत्रकार महिलाहरुलाई स्थिापित हुन सहज हुने उनी बताउछिन् ।

इन्दिरा भट्टराईसंचारीका समूहकी प्रदेश अध्यक्ष
तुलनात्मक हिसाबले महिला र पुरुषको समान पेसामा विश्वास कम भएपनि न्यूनिकरण नभएको बताउँछिन् । ‘सामाजिक क्षेत्रमा महिला र पुरुष एउटै पेसामा भएपनि उनीहरुलाई हेर्ने दृष्टिकोण छुटाछुटै हुने उनको बुझाई छ । चुनौती बढी अवसर कम , श्रोतले गर्ने विश्वास कम गर्ने जस्ता विषय तुलनात्मक हिसाबले घटीबढी अझै छ । ‘निर्मुल भएको छैन,’ उनी भन्छिन्,‘ निर्मुल होस भने हाम्रो आन्दोलन हो ।’ पत्रकार महिलाहरुलाई चुनौतीपूर्ण क्षेत्रमा रिपोर्टीङ विट दिन मिडिया हाउस अझैपनि हिचकिचाउने अवस्था नघटकेको बताउँदै उनले बेलुकाको रिपोर्टीङमा हिँड्दा समाजले हेर्ने दृष्टिकोण नै महिलाका लागि नकारात्मक धारणा बनिदिन्छ ।

महिलालाई समान अधिकार दिनुपर्छ भन्ने संविधानमा उल्लेख गरेको र ज्यालामा बराबरीमार्फत समानताका कुराहरु महिला आन्दोलनले खबरदारीको रुपमा उठाएको उनको भनाई छ । महिलालाई समावेसी ढंगले अवसर दिएर नेतृत्वमा पुर्याएको विषय सकारात्मक रहेको भएपनि सबै कुरामा अझै स्वतन्त्रता प्राप्त गर्न बाँकी रहेको उनी बताउँछिन् । मिडिया हाउसले महिलालाई सम्पादक स्तरमा विश्वास गरीहाल्ने वातावरण अहिले पनि सृजना नभएकाले अब आउने पुस्ताले पनि यसको लडाइ लड्न चाहीँ जरुरी रहेको छ । यो क्षेत्रमा चुनौतीसँगै अवसर पनि भएकाले अब आउने नयाँ पुस्ताले प्रविधिको विकाससँगै बदलिएको पत्रकारिताको आधारमा अगाडी बढे यो क्षेत्रमा स्थापित हुन सकिने समेत उनको तर्क छ । उनको यो तर्कले समाजमा रहेका सबै महिलाहरुको विषय सहजै मिडियामा समेटिने कुरासँग जोडिएको छ । मिडिया हाउसको सम्पादकमा महिला हुँदा उनीहरुको विषय सहजै समाजमा प्रतित हुने गरि प्रकाशन र प्रसारित हुनेमा उनी जोड दिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्