राष्ट्रिय टी-२० क्रिकेट : सुदूरपश्चिम र पुलिस क्लब भिड्दै

राष्ट्रिय टी-२० क्रिकेट : सुदूरपश्चिम र पुलिस क्लब भिड्दै

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज(शुक्रबार) हुने खेलमा सुदूरपश्चित प्रदेश टिम र नेपाल पुलिस क्लब भिड्दैछन् ।

खेल बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा लुम्बिनी प्रदेश टिम विजयी बनेको थियो । उसलेसुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको थियो ।

यसैगरी, दोस्रो खेलमा कणर्ाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको थियो ।प्रतियोगिता अन्तर्गतका खेलहरु लिग कम नकआउटको आधारमा भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ ।

चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्