झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

<span class='c1'>झापा र मोरङबाट प्रतिबन्धित</span> <span class='c2'>लागुऔषधसहित २ जना पक्राउ</span>

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

बिहिबार बेलुका ८ बजे झापाको गौरादह नगरपालिका-५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैयाँ समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका- १५ ढाटबाट ईटहरी- १० सुनसरीका १८ बर्षीय राहुल चौधरीलाई नेट्राभेट- ५० ट्याब्लेट सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्