विराटनगरमा प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न

विराटनगरमा प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न

विराटनगर । विराटनगर-३ दुर्गाचोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बूढानीलकण्ठ स्कुलका रूपेश श्रेष्ठ द्वितीय, सगरमाथाका सुदिप दुलाल र लिलिपुटका पृथकराज राई तृतीय भए ।

यसैगरी जुनियर गर्ल्स सिंगल्सतर्फ सेन्ट मेरिज स्कुलकी बिज्ञता थापा प्रथम, सेन्ट मेरिजकै मानसी सेठिया द्वितीय, सेन्ट मेरिजकै स्वीकृति भट्टराई र मनिमा दाहांल तृतीय भए । सब जुनियर ब्वाइजतर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, बूढानीलकण्ठका आदर्श राजवंशी द्वितीय, बूढानीलकण्ठकै रिजन पाण्डे र रोशन रजक तृतीय भए ।

सब जुनियर गर्ल्सतर्फ सेन्ट मेरिजकी स्वर्णिमा बुढाथोकी प्रथम, सेन्ट मेरिजकी आस्था खड्का द्वितीय, सेन्ट मेरिजकै अदिती घिमिरे र एभरेष्टकी कृपा पोखरेल तृतीय भए । क्याडेट ब्वाइजतर्फ अरनिको स्कुलका आयुश भण्डारी प्रथम, बूढानीलकण्ठका आयान श्रेष्ठ द्वितीय, अरनिकोका उत्सव बस्नेत र बूढानीलकण्ठका प्रेमराज थापा तृतीय भए । क्याडेट गर्ल्सतर्फ बूढानीलकण्ठ स्कुलकी मानसी तामाङ प्रथम, एभरेष्टकी आशना कटवाल द्वितीय, पिटर प्यान स्कुलकी इशिका अग्रवाल र सेन्ट मेरिजकी प्रबिज्ञा बस्नेत तृतीय भए । स्पेसल टेबल टेनिस (व्वाइज) इभेन्टतर्फ अनमोल स्पेसल स्कुलका इशान अग्रवाल प्रथम, श्री श्री रविशंकरका निरब निरौला द्वितीय र श्री श्री रविशंकरकै काव्या राजवंशी तृतीय भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्