सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ ।

सर्वसाधारणलाई बुक विल्डिङ विधिबाट जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत बाँडिएको सेयर ५५ हजार ५२१ जनाले पाएका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

सर्वोत्तमको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । सर्वोत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर ३६०।९० रुपैयाँमा बिक्री खुला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्